बाराकाे निजगढस्थित गाडी मर्मत गर्ने ग्यारेजमा ग्यास सिलिण्डर पड्किँदा एक जनाकाे मृत्यु भएकाे छ।
निजगढस्थित गाडी मर्मत गर्ने ग्यारेजमा सोमबार ग्यास सिलिण्डर पड्किँदा एक जना उपचारको क्रममा एक जनाकाे मृत्यु भएकाे हाे भने ५ जना घाइते भएका हुन्।
बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर रहेका छन्।
‘निजगढ नगरपालिका-७ स्थित रोहित वर्कशपका सञ्चालक मगर विस्फाेटमा परी गम्भीर घाइते भएका थिए, मगरको उपचारका क्रममा मृत्यु भएको छ’, डिएसपी न्याैपान्यले भने।
घटनामा दुई भारतीय नागरिकसहित अन्य ५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्साकाे वीरगञ्ज–९ का फिरोद देवान र बाराकाे निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन्।