प्रेम के हो र के होइन ?

Breaknlinks
Breaknlinks

पूर्वी एसियादेखि पश्चिम अमेरिका, उत्तर सुमेरु पर्वत हुँदै दक्षिण अन्ट्रार्टीकासम्म पृथ्वीको भौगोलिक संरचना अटाएको छ। जसमा हिमाल, पहाड, तराई, झरना, खोला, डुङ्गा, माटो, जंगललगायत प्राकृतिक संरचनाको विविधता भित्र पृथ्वीको अस्तित्व चलायमान छ। 

त्यसैगरी मानव शरीर भित्र विविध शारीरिक अंग सँगै भावानाका केही अंशहरू रहेका हुन्छन्। जुन  रिस, घृणा, दया, माया र प्रेमका रुपमा परिचित छन्। 

प्रेम/माया पनि एउटा मानव शरीर भित्र सृजित भावानाको गहिरो अनुभूति हो। जसको कारण मानिस मृत्युसम्म जिवित एवम् गतिशील हुन सक्ने क्षमता राख्दछ।

भावानात्मक माया नै प्रेम हो भन्ने बुझिसकेपछि हाम्रो जीवन जगतमा प्रचलित प्रेमको सन्दर्भमा चर्चा गरौँ। कोहि व्यक्ति कोहि कसैलाई निकै प्रिय लाग्ने र मन पराउनुको कारण पनि हामी भित्रको भावानाको एउटा तरङ्ग हो। जसद्वारा उक्त व्यक्तिप्रति प्रेमयुक्त भाव फैलिरहन्छ। फलस्वरूप प्रेमको नाममा हामीले बुझ्दै र प्रयोग गर्दै आएका छौँ।

विद्यमान आधुनिक समाजमा प्रेम गर्ने डेटिङ जाने प्रचलन बढ्दो छ। हामीले गहिरिएर हेर्दा साँच्चिकै प्रेम गरेका हुन्छौँ वा प्रेमको भ्रममा अन्य भौतिक सुगन्धमार्फत आकर्षित हुन्छौँ भन्ने विषयलाई बुझ्नुपर्छ। 

यदि हामी कोहि व्यक्तिको शारीरिक सुन्दरता देखेर, धन सम्पत्ति हेरेर, कसैप्रति नजिक हुन्छौँ आर्थात आफ्नो ठान्छौँ र प्रेमयुक्त व्यवहार र सम्बन्ध बिस्तार गर्छौँ। अथवा प्रेममा पर्छौँ र प्रेम गर्छौँ भने मुलभूत रुपमा हामी भ्रममा परेका हुन्छौँ। त्यो प्रेम न भै मोह हो। प्रेम निश्वार्थ हुन्छ। मोह स्वार्थको साथमा हुन्छ। शारीरिक सुन्दरता/आवश्कता, धनसम्पती आदि मोह हुन्। यी सबै सर्तमा आधारित हुन्छन्।

शारीरिक, भौतिक आवश्कता र स्वर्थ प्राप्तिका निमित्त प्रेमको नाममा परिपुर्तिको व्यापार गरिरहेका हुन्छौँ र प्रेमको बलमा स्वार्थको कारोबार चल्ने गर्छ। जसका आधारमा सम्बन्धहरू बाँच्ने व्यवहारहरू चल्ने गर्छन्।

बिस्तारै व्यवहार र सम्बन्धहरूमा स्वर्थहरू हाबी हुँदै जादा शंका उत्पन्न भै प्रेमद्वारा सृजित सम्पूर्ण सामाजिक बन्धन, शारीरिक आवश्कता समाप्त हुन्छ। अन्ततः सुरुवात गरिएको पवित्र सम्झौता भेटघाट, आत्मियता आदि मनमुटाव र बिच्छेदमा परिणत हुन्छ।

यहि प्रक्रियाको चक्रलाई प्रेम भनेर हामीले बुज्दै देख्दै भोग्दै र प्रयोग गर्दै आएका छौँ। यी सबैको परिणाम स्वरुप शारीरिक कष्ठ, मानसिक समस्या र सामाजिक अविश्वास मात्र निम्त्याएको छ।

यसरी गरिएका प्रेमका हरेक प्रयास क्षणिक, आवश्कतामा केन्द्रित हुन्छन्। आवश्कता पूर्ति ठिक ढंगसँग चलेमात्र प्रेम ठिक ढंगबाट चल्दछ। होइन भने धोका र दुश्मनीको अभ्यास चलिरहन्छ। 

यस्ता किसिमका पद्धतिले मानिसलाई बिखण्डनसँगै निकै साँघुरो मानसिकता भित्र रहन बाध्य हुन्छ। यसरी बाध्यतामा बाँचेका मानिसबाट खुशी, आनन्द, विकास र मेलमिलापको अपेक्षा गर्न सकिँदैन।

तसर्थ हामीले प्रेमयुक्त जीवन बाँच्ने चाहाना राख्ने हो भने प्रेममा शुद्धता हुन आवश्यक छ। जीवनमा कारोबार, स्वार्थपूर्ति र व्यापार गर्न पनि अनिवार्य छ। तर प्रेमलाई कारोबारमा रुपान्तरण गर्न मिल्दैन।

प्रेममा अशुद्धता हुनुहुँदैन। यदि अशुद्धतायुक्त प्रेमको अभ्यास हामीले गर्न थालेमा केही क्षणमा केही प्राप्ति भएको महसुस हुन सक्ला, खुशी आनन्द पनि पाउनमा लागि। तर त्यसले दिने दीर्घकालिन परिणाम नकारात्मक हुन्छ। अर्थात प्रेम बिरोधी कार्य हुन्छ। 

प्रेमबिना मानव जीवन व्यर्थ छ। हामीले फरक छुट्टाउनु आवश्क छ प्रेम गरेको हो। अथवा व्यापार गरेको हो भने व्यापारिक किसिमले चल्नु पर्दछ। प्रेम गरेको हो भने निश्वार्थ रुपमा प्रेमको फैलावट गर्नुपर्छ। अनि मात्र मानवीय तागत बढ्छ। साहसको विकास हुन्छ र एउटा सफल, सक्षम, सभ्य र करुणाले भरिएको मानिस निर्माण हुन्छ।

सभ्य र करुणाविनाको मानिस सफल हुन पनि सक्दैन खुशी र आनन्द पनि। तसर्थ  प्रेम के हो? रोजाइ तपाईंको हातम छ।

प्रकाशित मिति: : 2024-02-14 19:40:00

प्रतिकृया दिनुहोस्