पत्रकारहरुकाे किताब विमाेचन कार्यक्रममा लफडा (भिडियाेसहित)

नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समिति काठमाडाैँले प्रकाशन गरेकाे ‘अग्र अनुहार’ पुस्तक विमाेचन कार्यक्रममा लफडा भएकाे छ।

काठमाडाैँ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बाेर्डकाे हलमा आयाेजित विमाेचन कार्यक्रममा लफडा भएकाे हाे।

पत्रकार महासंघकाे संस्थापक सत्यनारायणबहादुर श्रेष्ठ भएकाे र पुस्तकमा उक्त नाम उल्लेख नभएकाे भन्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फाेनिज)काे टाेलीले हलभित्र छिरेर विराेध जनाएकाे हाे।

पुस्तकमा संस्थापककाे रुपमा श्रेष्ठकाे नाम उल्लेख नगरेकाे विराेधमा उनीहरुले हलभित्रै पुस्तक च्यातेका छन्।

फाेनिजका अध्यक्ष गजुरधन राईले महासंघले आफूहरुलाई कुल्चिएर अगाडि जान खाेजेकाेले विराेधमा उत्रन बाध्य भएकाे बताए।  

भिडियाे :

प्रकाशित मिति: : 2024-02-11 13:23:00

प्रतिकृया दिनुहोस्