छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु,  वडा नम्बर ८ का वडाध्यक्ष कर्ण रावलसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको आरोपमा सोमबार ११ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो। 

मुद्धा दायर हुनेमा सोही नगरपालिकाका इञ्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव–इञ्जिनियर हस्त बहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्ल रहेका छन्। 

यस्तै सडक निर्माण अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, सदस्य हजर कला कामी, इञ्जिनियर महेश सिंह कठायत र वडा नम्बर ७ का तत्कालीन सदस्य पशुपति शाहीविरुद्ध मुद्धा दायर भएको आयोगले जनाएको छ। 

उनीहरुले ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा रु.२८ लाख ६२ हजार ४५९बढी भ्रष्टाचार गरिएको देखिएको छ। आयोगले सोही रकम बराबर बिगो दाबी गरेको छ। 

प्रकाशित मिति: : 2024-01-29 16:09:00

प्रतिकृया दिनुहोस्