नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनाम दिनुपर्ने बताएका छन्।
मंगलबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराधको संज्ञा दिँदै समिति सभापतिले राजीनामा दिनुपर्ने बताएका हुन्।
‘राज्य व्यवस्था समितिले पारित गरेकोभन्दा फरक शब्दहरू ऐनमा राखिएको भन्दै यसमा नियतवश हेरफेर गरिएको छ’, उनले भनेका छन्, ‘सभापतिले पनि मलाई थाहा नभएको कुरा हो भन्नुभएको छ। सचिवले स्वाभाविक रूपमा लेखेको भन्नुभएको छ तर यस्ता कुराहरू स्वाभाविक हुँदैनन्।’