माघे संक्रान्तिमा अन्य परिकारसँगै ‘तरुल’हरु पनि खाने परम्परा छ। माघे संक्रान्तिमा अनिवार्यजस्तै बनेको तरुलको बिक्री पनि यतिबेला बढी नै हुनेगर्छ। त्यसैले किसान तथा व्यापारिहरुले माघे संक्रान्तिलाई तरुल बेच्ने सिजनको रुपमा लिने गर्छन्।
माघे संक्रान्तिमा विशेष परिकारको रुपमा समावेश हुने तरुलको बिक्रीमा यस वर्ष भने कमी आएको व्यापारीहरुले बताएका छन्।
माघे संक्रान्तिको पूर्वसन्ध्यामा बिएल नेपाली सेवाले काठमाडौँका व्यापारीहरुसँग तरुल व्यापारबारे कुराकानी गरेको छ:
भिडियाे: