उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सम्बन्ध सबै निकायलाई निर्देशन दिएका छन्। दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपचारमा गम्भीर बन्न र कुनै कमी हुन नदिन सबै पक्ष र निकायलाई आग्रह गरेका थिए।

शुक्रबार राति साढे १० बजे बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस भालुवाङमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। २३ जना घाइते भएका छन्।

घाइतेहरूको दाङ, नेपालगन्ज र बुटवलमा उपचार भइरहेको छ। बस राप्ती गाउँपालिका– १ भालुवाङको राप्ती नदीको बुलको रेलिङ भाँच्दै नदीमा खसेको थियो।

टायर नघुम्दा बस दुर्घटनामा परेको चालकले बताएका छन्। यद्यपि, बस तीव्र गतिका कारण दुर्घटना भएको स्थानीयले बताएका छन्। 

यो पनि

राप्तीको बगरमा अस्ताए १२ जना (नामावलीसहित)

प्रकाशित मिति: : 2024-01-13 10:38:00

प्रतिकृया दिनुहोस्