दाङस्थित राप्ती नदीमा बस खस्दा १२ जना अस्ताएका छन्। बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राती साढे १० बजे राप्तीको पुलबाट नदीमा खसेको थियो।
जसमा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु भएका मध्ये ८ जनाको सनाखत भएको छ।
जसमा बाँके नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेत, मकवानपुर हेटौडाकी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरी नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे रहेको छन्।
यस्तै भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, भारत बिहारका ६७ वर्षीय योगेन्द्र राम, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुमपश्चिमका २५ वर्षीय दीपक कामी रहेका छन्।
अझै ४ जनाको सनाखत हुन सकेको छैन।
घाइते २३ जनामध्ये १४ जनाको नेपालगन्ज मेडिकल कलेजमा, २ जनाको दाङ र ७ जनाको बुटलवमा उपचार भइरहेको छ।
दुर्घटनाको कारण टायर नघुमेको प्रहरीलाई चालकले बयान दिएका छन्।
घाइतेको विवरण