डाक्टर भएर के भो, नेपालमा जागिर छैन, पैसा र सम्मान पनि छैन

मिनु गोले

काठमाडौं

स्वास्थ्य क्षेत्रका ठूलो जनशक्ति विदेशिइरहेका बेला नेपालमै रहेका स्वास्थ्यकर्मीहरू पनि निराश हुन थालेका छन्।

मेडिकल काउन्सिलमा दर्ता भएका करिब ३० हजार डाक्टरहरूमध्ये कम्तीमा १२ हजारभन्दा धेरै डाक्टरहरूले देश छोडिसकेका छन्।

नेपालमै पढाइ सकेका अरु नयाँ स्वास्थ्य जनशक्ति पनि बाहिरिने मेसोमा छन्।

स्वास्थ्य क्षेत्रका जल्दाबल्दा युवा जनशक्ति बाहिरिरहँदा कुनै दिन देशमा डाक्टर नपाइने चिन्ता एकातिर छ भने अर्कोतिर उनीहरूको अन्योलग्रस्त भविष्य पनि।

देशका दुर्गम क्षेत्रमा अभाव चुलिइरहँदा देश छोड्न डाक्टर, नर्सको किन लस्कर बढिरहेको छ?

त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत युवा डाक्टर अनन्त सिंहसँग यसै विषयमा केन्द्रित रहेर बिएलकर्मी  मिनु गोलेले गरेकाे भिडियाे कुराकानी:

प्रकाशित मिति: : 2024-01-12 18:30:00

प्रतिकृया दिनुहोस्