तस्बिरमा साताका १६ विश्व घटना

यस साता संसारले अंग्रेजी नयाँ वर्ष- २०२४ लाई स्वागत गर्‍याे। अंग्रेजी नयाँ वर्षको अवसरमा संसारले विभिन्न कार्यक्रम गरेर रमाइलाे गरे। त्यसका साथै यस साता पनि क्रिसमसका रमझमहरुले पनि निरन्तरता पाए।

त्यस्तै यस साता जापानको जमिन फाट्याे। भने, जापानमै जहाज दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो।

याे सँगै यस साता उत्तर काेरियाली नेता किम जोङ उन राजधानी प्योङयाङमा नयाँ वर्ष मनाउन विद्यार्थीहरूसँग देखिएको तस्बिर चर्चामा रह्याे। भने, बुसान भ्रमणमा रहेका दक्षिण कोरियाको विपक्षी दलका नेता ली जे म्युङलाई अज्ञात व्यक्तिले आक्रमण गरे।

प्रस्तत छ, संसारभरका यिनै घटनाहरुलाई समेट्दै राेयर्टस्का फोटो पत्रकारहरुले खिचेका १६ तस्बिरहरु: 


१. नयाँ वर्षको दिन परेड कार्यक्रममा पाण्डाको रूपमा लुगा लगाएका मानिसहरू लन्डन, बेलायतमा।

२. चीनको हेलोङजियाङ प्रान्तको हार्बिनमा भएको हार्बिन अन्तर्राष्ट्रिय बरफ र हिउँ महोत्सवमा मानिसहरू हिउँसँग खेल्दै।

३. वार्षिक कोनी आइल्याण्ड ध्रुवीय भालु क्लब नयाँ वर्षको दिन डुबकीमा उपस्थित जोकरको रूपमा लुगा लगाएको एक व्यक्ति ब्रुकलिन, न्यूयोर्क, अमेरिकामा।

४. बेलायतको लन्डनस्थित जेड.एस.एल.चिडियाखानामा वार्षिक स्टकटेकको लागि संख्या गणना गर्ने क्रममा चरिरहेका जेब्राहरू।

५. पोप फ्रान्सिसको खुट्टा सुँघ्दै एक कुकुर भ्याटिकन सिटिमा।

६. प्लाजा डे इस्पानामा क्रिसमस बत्तीहरू वरिपरि मानिसहरू स्पेनको म्याड्रिडमा।

७. जर्मनीको उत्तरपश्चिमी सहर वर्डेनमा बाढीको पानीमा तैरिरहेको रबरको हाँस।

८. जापान एयरलाइन्सको ए३५० हवाइजहाज जापानको टोकियोको हानेडा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा जलेको छ। विमान अवतरणको केही बेरमै कोस्ट गार्ड टर्बोप्रप विमानसँग ठोक्किएर आगलागी भएको थियो। ए३५०मा सवार सबै ३७९ यात्रु जलिरहेको विमानबाट बाहिर निकालिएको थियो तर छ कोस्ट गार्ड चालक दलमध्ये पाँचको मृत्यु भयो।

९. सिर्जनात्मक, सैन्य शैलीको बर्दीमा सजिएका सर्वसाधारणहरु, दक्षिण अफ्रिकाको माबोपेनेमा, यिनीहरु डितुरुपा महोत्सवको अवसरमा प्रथम विश्वयुद्धमा लड्न दक्षिण अफ्रिकी सेनामा भर्ती भएका काला अफ्रिकी सैनिकहरूको सम्मानमा मार्च गर्दै छन्।

१०. बुसान भ्रमणका क्रममा अज्ञात व्यक्तिले आक्रमण गरेपछि दक्षिण कोरियाको विपक्षी दलका नेता ली जे म्युङ ढलेका अवस्थामा।

११. अस्ट्रियामा भएको ४ हिल्स स्की जम्पिङ प्रतियोगिताको पहिलो राउन्डमा आफ्नो योग्यता प्रदर्शन गर्दै एक प्रतियोगी अस्ट्रियाको जेन होर्ल इन्सब्रकमा।

१२. उत्तर कोरियाली नेता किम जोङ उन राजधानी प्योङयाङमा नयाँ वर्ष मनाउन विद्यार्थीहरूसँगको कार्यक्रममा भाग लिइरहेका तस्बिर, यो तस्बिर कोरियाली केन्द्रीय समाचार एजेन्सीले जारी गरेको हो।

१३. रुसी क्षेप्यास्त्र आक्रमणपछि भएको आगलागी युक्रेनको किभमा।

१४. फिलिपिन्सको मेट्रो मनिलाको मन्डालुयोङको सडकमा नयाँ वर्षको पूर्वसन्ध्यामा खेल्दै केटाकेटीहरू।

१५. कोपाकाबाना विच (समुन्द्री किनार)मा पारम्परिक नयाँ वर्षको पूर्वसन्ध्या उत्सवको क्रममा आफ्नो पिठ्युमा ढुकुर बोकेकी एउटी महिला समुद्रकी देवी येमान्जालाई श्रद्धाञ्जली अर्पण गर्दै ब्राजिलको रियो दि जेनेरियोमा।

१६. जापानको अनामिजु नजिकै भूकम्पपछि भत्किएको सडकमा फसेको कारलाई हेर्दै एक सुरक्षाकर्मी।

प्रकाशित मिति: : 2024-01-06 12:12:00

प्रतिकृया दिनुहोस्