मन्त्री किरातीको राजीनामा माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

सनातन धर्माम्बलम्वीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।

मन्त्री किरातीले क्रिश्चियन धर्मसम्बन्धी दिएकाे अभिव्यक्तिकाे विराेध जनाउँदै उनीहरूले साेमबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।

उनीहरूले मन्त्री किरातीकाे गैरजिम्मेवारी र गैरसंवैधानिक अभिव्यक्तिकाे विरुद्ध प्रदर्शन गरिएकाे उल्लेख गरेका छन्।

प्रदर्शनकारीहरुले ‘सुदन किराँती राजीनामा दे, सुदन किराती मुर्दावाद, गैरजिम्मेवार मन्त्रीलाई बर्खास्त गर, विभेदकारी मन्त्रीलाई कारबाही गर, सनातन हिन्दु राष्ट्र कायम गर, गैरधार्मिक मान्छेकाे नियुक्ति बन्द गर’ लगायतका नारा लेखिएकाे प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

मन्त्री किरातीले गत बुधबार काठमाडाैँकाे एक सार्वजनिक कार्यक्रममा ‘क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधान विरोधी हुन्, संविधान नमान्ने देशद्रोही हुन्, उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर मन्त्री किरातीकाे चाैतर्फी विराेध भइरहेकाे छ। 

प्रकाशित मिति: : 2023-12-25 16:30:00

प्रतिकृया दिनुहोस्