जाडो मौसम सुरू भइसकेको छ। चिसो बढेसँगै मानिसहरूमा मौसमी ‘फ्लू’ का कारण समस्याहरू पनि देखापर्न थालिसकेकाे छ।
श्वासप्रश्वासमा समस्या हुनु, रूघाखोकी, ज्वरो र घाँटी दुख्नु नै फ्लू अर्थात् सरूवा राेगकाे लक्षण हाे। एकबाट अर्काे व्यक्तिमा सर्ने यी राेगले विशेषगरी बालिका र वृद्धहरूलाई ग्रसित बनाइरहेकाे छ।
हावा र खानेकुराबाट सर्ने याे राेगबाट बालबालिकालाई निमाेनियासमेत हुने डाक्टरहरूकाे भनाइ छ। त्यतिबेला उचित सरसफाई र पाैष्टिक आहारमा ध्यान दिनु जरूरी छ।
तर याे सरूवा राेगबाट कसरी बच्ने त? बिएल प्रस्क्रिप्सनमा बिएलकर्मी मिनु गोलेले शुक्रराज ट्रपिकल सेन्टरका सरुवा राेग विशेषज्ञ डा. शेरबहादुर पुनलाई प्रश्न गरेकी छन्।