नेपाली समाज टेक्सासको नेतृत्वका लागि वाग्ले र सत्याल भिड्दै 

नेपाली समाज टेक्सास अर्थात एनएसटी नेपाली डायस्पोरामा पुरानो संस्था मध्ये एक मानिन्छ। यो समाजले केही समयअघि मात्र स्थापनाको रजत जयन्ती उत्सव युलेसमा साँस्कृतिक परेड एवम् पशुपितनाथ मिन्दरमा विशेष समारोहको आयोजना गरेर मनाएको छ।

आफ्नो स्थापनाकालदेखि मातृभूमि नेपालको आर्थिक एवम् समाजिक विकासको निम्ति भूमिका खेल्दै आइरहको यो समाज कर्मभूमिमा पनि नेपाली धर्म, भाषा, संस्कृति र सभ्यतालाई जीवन्त तुल्याउन लागि परेको हुन्छ। 

सामाजिक एवम साँस्कृतिक गितिविधहरूबाट कर्मभूमि र मातृभूमिबीच जोड्ने एउटा सेतु बन्ने प्रयासरत छ यो समाज। अमेरिकामा धेरै नेपाली टेक्सास राज्यमा रहेका छन्। ड्यालसमा नेपाली समुदायको बाक्लो उपिस्थति छ।

ड्यालसमा रहेका अधिकांश नेपालीहरू एनएसटीलाई पर्दा र पर्दाको साथीको रूपमा मान्छन्। फेरि यो समाजलाई ड्यालस केन्द्रित मात्रै रह्यो भन्नेहरू पनि छन्।

यो संस्थाले आउँदो सन् २०२४/२५को लागि नयाँ नेतृत्व चयन गर्दैछ। नेतृत्व चयनमा दुई प्यानल खडा भएका छन्। संस्थाले निर्वाचन सम्पन्न गर्न एनएसटीका पूर्ब अध्यक्ष बैकुण्ठ बिक्रम थापाको अध्यक्षतामा निर्वाचन सिमित गठन गरेको छ। निर्वाचन आगामी डिसेम्बर १६ मा ब्यालेटबाटै गरिने जनाइएको छ। आउँदो दुई वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्व महासिचव कमल सत्यालको उम्मेदवारी परेको छ।

प्यानलसहित प्रतिस्पर्धामा उत्रेका दुई अध्यक्षका उम्मेदवारहरुसॅंग निर्वाचनमा केन्द्रित रहर बिएल नेपाली सेवाका लागि पत्रकार मोहन बरालले टेलिफाेनमा कुराकानी गरेका छन्। 

प्रस्तुत छ, अध्यक्षका उम्मेदवारहरूसॅंग गरिएकाे कुराकानीकाे सम्पादित अंशः

हाम्रोटिम ९११ जस्तैः अध्यक्ष प्रत्यासी राजेन्द्र वाग्ले

दुई वर्ष अगाडी नेपाली समाज टेक्सासको नेतृत्व लिँदै गर्दा नेपाली समाजलाई एकताबद्ध गर्न भूमिका खेलिएकाे जस्तो लाग्छ। हाम्रो टिम आएपछि नेपाली समाज टेक्ससले उल्लेखनीय कामहरू गर्न सफल भएको छ। यो पहिलो र धेरै संस्थाहरुको मातृ संस्था पनि हो।

हामी आएपछि एयरपोर्ट पुग्ने नेताहरूलाई बोक्ने र मन्दिरमा ल्याएर राजनैतिक पार्टीका कायक्रम गर्ने जस्ता गितिवधीलाई पूर्ण रूपमा रोक्यौँ।नेपाली डायस्पोराको साझा संस्था बनेर अमेरिकन सरकारसम्म पुगेका छौँ। अमेरिकी सरकारका उच्च व्यक्तित्वहरू नेपाली समाज टेक्ससले आयोजना गरेको कायक्रममा उपस्थित हुनु भएको छ।

आज एसिया हेर्ने अमेरिकी विदेशमन्त्री डोनाल्ड लू लाई, नेपाली समाज टेक्सासले आफ्नो ठाउँमा बोलाउने ल्याकत राखेको छ। त्यसैगरी युएसएडकी उप निर्देशक अन्जली कौरलाई पनि आफ्नै संरचनासम्म बोलाएर फलदायी काम गर्न सकेको छ। टेक्ससमा नेपालीहरूको बढदो उपिस्थतिलाई मध्ये नजर गरेर कन्सुलर अफिस स्थापनाको लागि नेपालमा प्रधानमन्त्रीसम्म पुगेर पहल गरेका छौँ।

समुदायमा मर्दा र पर्दा सधैं हामी साथी बनेका छौँ। एन.एस.टी नेपाली स्कुललाई आज सबैसॅंग हातेमालो गरेर एन.एस.टी ग्लोबल स्कुल बनाएका छौँ। टोस्ट मास्टर क्लब लगायत अन्य लिडरशिप डेभलभमेन्ट कायक्रमहरू  निरन्तर संचालित छन्। 

अमेरिकी भूमिमा आफ्नो कर्तव्य, हक र अधिकारको लागि सिटी काउन्सिलमा टिका पौडेलजस्ता अमेरिकी नेपालीलाई पुर्याउन सफल भएको छौँ। हामी नेपाली डासोराबाट अर टिका पौडेलहरू र ह्यारी भण्डारीहरू जन्माउन चाहन्छाैँ। नेपाली समाज रेक्सासले काेराेना मेन्डामिकमा विद्यार्थीहरूकाे धेरै नै सहयाेग गरेकाे छ। 

हाम्रो अगामी टिम ९११ जस्तै हुनेछ। हामी समुदायलाई छिटो र छरितो सेवा प्रदान गर्ने छौँ। हामीले पढन आउने विद्यार्थीहरू एवम टुरिष्ट भिसामा रहकाहरूलाई पनि समेटेर कायक्रमहरू बनाउने छौँ। हामीले संचालन गरेका हेल्थ क्याम्प जस्ता कायक्रमहरूलाई अझै प्रभावकारी बनाएर लैजाने छौँ। ड्यासलमात्र सिमित रह्यो भन्ने आरोपलाई हामी गलत बनाउन चाहन्छौँ। हामीले गर्नु पर्न काम धेरै छ। हामी हाम्रा योजनाहरूलाई कामको मध्यमबाट पूरा गर्न चाहन्छौँ।

हाम्रोटिम म वादी हैन हामीवादीः अध्यक्ष प्रत्यासी कमल सत्याल

सन् १९९७ मा पढ्नको लागि अमेरिका आएँ। ड्यालसमा आएपछि नेपाली समाज टेक्सासका अग्रजहरूसॅंग घुलमिल हुने मौका पाइयाे। सन् २०१५/१७ कार्यकालमा महासिचवको रूपमा नेपाली समाज टेक्सासमा सेवा गर्न मौका पाएँ। स्व.कृष्ण लामिछाने दाई समाजमा हामीले केही योगदान दिनुपर्छ भन्नु हुन्थ्यो।

दाईको सारथी बनेर काम गर्न सौभाग्य मिल्यो। दाईले ५२ हप्तामा ५२ काम गर्नु पर्छ भन्नु हुन्थ्यो। हामीले रोजगारीबाट बचेको सम्पूर्ण समय समाजलाई दियौँ जस्तो लाग्छ। समाजलाई दुःख र सुखको साथी बनायौं जस्तो लाग्छ। बितेका ६ वर्षमा पारिवारिक एवम् व्यक्तिगत कारणले एनएसटीसॅंग टाढा भएँ।

सायद पहिला हामीले गरेको काम। काम गर्ने हाम्रो हुटहुटी देखेर होला। भेटिएका साथीभाई, बुबा–आमाहरूले संस्थामा किन नफर्किएकाे भन्नुहुन्थ्याे। एनआरएनएको चुनाव सकिएर नेपालबाट फर्केपछि एनएसटीका वर्तमान कार्यसमितिका अधिकांश साथीहरूले नै फेरी संस्था हाक्न फर्कनुस् भन्नुभयाे। सबैको ईच्छा चाहनालाई तिरस्कार गरररहन पनि मनले मानेन।

नेपाली समाज टेक्सस टेक्सासमा रहेका नेपाली समाजको अभिभावकीय संस्था पनि हो। यस संस्थालाई यहाँसम्म ल्याउँन धेरै आदरणीय व्यक्तित्वले भूमिका खेल्नु भएको छ। समाज जित ठुलो हुँदै जान्छ, त्यहाँ सामाजिक एकता र सामुहिकतामा जोड दिनुपर्छ। नेपाली डायस्पोरामा एउटा मार्ग दर्शन  बन्नु एनएसटीको एउटा प्रमुख दायित्वमा हो।

याे दायित्व पूरा गर्नको लागि अनुभवि र नयाँ पुस्ताको सहकार्यले मात्र सम्भव लाग्छ। हामी हिजो पदमा बसेर काम गर्दा यसलाई राजनीतिक गर्ने थलोमा रूपान्तरण गर्नबाट रोक्यौं। अब पनि गर्न दइने छैन। फेरी अहिले संस्था ब्यक्तिवाद उन्मुख भयो की? सदस्यता संख्या कम भयो की? भन्ने केही व्यक्तिहरूबाट चिन्ता व्यक्त भएकाे छ।

हामी सामुहिक एनएसटी बनाउने छौँ। सबैलाई जोडेर गर्विलो संस्था बनाउने छौँ। युलेस सहरमा हाम्रो गौरवको परियोजना बन्दै छ। त्यसमा एनसिएसिससँग हातमा हात काँधमा काँध मिलाएर जानुपर्छ। नेपाली पाठशालालाई अझै प्रभावकारी बनाउनु पर्न आवश्यकता महसुस भएको छ।युवा पुस्तालाई खेलकुदको माध्यमबाट पनि समाजसँग जोड्न सिकन्छ।

नेपाली विधार्थीहरूको समस्यालाई नजिकबाट महसुस गरेर समाधानका उपायहरूबारे समुदायसँग सहकार्य गर्नुपर्ने हुन्छ। डालसभित्र भएका सम्पूर्ण नेपाली संघ संस्थासँग सहकार्य गर्दै नेपाली समुदायको स्तरवृद्धि र विकासका लागि काम गरिनेछ। विभन्न क्षेत्रका विज्ञहरुलाई समाजसॅंग प्रभावकारी रूपमा जोडनु पर्न देखिन्छ। 

हामीलेदीर्घकालिन र अल्पकालिन लक्ष्य निर्धारण गर्नुपर्न देखिन्छ। एउटा सक्षम र दुरदृिष्ट भिजन भएको अनुभवि म हैन। हामीमा विश्वास राखेर काम गर्न नेतृत्व एनएसटीको आजको आवश्यकता हो। नेपाली राजनीतिक प्रभावलाई सून्य बनाउनुपर्छ।

हामीले हाम्रो भावी पुस्तालाई अमेरिकी मुलधारको राजनीतिमा उपस्थिति गराउन उत्प्रेरक बन्ने गरेर काम गनुपर्ने देखिन्छ। खेलकुद मार्फत् हाम्रा युवा पुस्ताहरूलाई एकतावद्ध गराउन सिकन्छ। हरेक वर्षजसो एनएसटी रनिशिल्डको आयोजना गर्नुपर्ने हुन्छ। सबैलाई उपयुक्त हुने स्थानमा नेपाली स्पोर्ट हव पनि निर्माण गर्नुपर्न देखिन्छ। 

व्यक्तिवाद चिरत्र त्यागेर हामीवादले दीर्घकालीन लक्ष्यका साथ काम गर्नुपर्ने देखिन्छ। 

प्रकाशित मिति: : 2023-12-06 11:00:00

प्रतिकृया दिनुहोस्