राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मलेसिया जाँदैछन्।
शनिबार (आज) राति पौने १० बजे उनी मलेसिया प्रस्थान गर्ने लामिछानका स्वकीय सचिव प्रकाश सिग्देलले बिएल नेपाली सेवालाई जानकारी दिए।
लामिछाने मेलेसियामा नेपालीहरुले आयोजना गर्ने पार्टीको कार्यक्रममा सहभागी हुन जान लागेका हुन्।
उनी तीन दिन मेलेसियामा बस्नछन्। मेलेसिया बस्दा मलेसियामा हुने पार्टीको कार्यक्रममा सहभागी हुने र नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ।
उनी मंसिर १९ गते स्वदेश फर्किनेछन्।