बिएल संवाददाता
केराको पानामा ओइलाउने रोग (टिआर–४) को निदान विषयक तीन दिने प्रशिक्षण आजदेखि ललितपुरमा सुरु भएको छ।
ललितपुरको खुमलटार स्थित राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रको सभाहलमा प्रशिक्षण सुरु भएको हो।
राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, बाली क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको संयुक्त आयोजना र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको सहयोगमा सो प्रशिक्षण भइरहेको छ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका नेपाल प्रतिनिधि केन सिमिजुले नेपालमा अकस्मात देखा परेको पाना रोगको टिआर–४ प्रजातिको निदान र व्यवस्थापनमा नेपालसंगै आकस्मिक सहायतासहित एफएओ पनि सहभागि हुन पाउँदा खुशी लागेको बताए।
साथै यो तालिमबाट भविष्यमा नेपालको केरा उद्योगलाई जोगाउँन एफएओ, नार्क, कृषि मञ्त्रालय, र अन्य संस्थाहरुको समन्वयात्मक प्रयास सफल हुने विश्वास व्यक्त गरे। यसैगरी नेपाल सरकारले सुरु गरेको पानामा रोगविरुद्धको यो अभियानमा एफएओ सदा साथमा रहने प्रतिबद्धता उनले व्यक्त गरे।
नार्कका निमित कार्यकारी निर्देशक लुमानिधि पाण्डेले केराको पानामा लाग्ने ओइलाउँने रोगविरुद्ध सुरुदेखि नै नार्कका वैज्ञानिकहरु र समग्र सरकारी टिमले गरेको प्रयास सराहनीय रहेको र यसमा एफएओले समेत सहयोग गरेकोमा धन्यवाद दिए।
प्रशिक्षणको उदेश्यबारेमा प्रकाश पार्दै राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले समान्यतया पानामा रोगले स्थानीय मालभोग केरालाई क्षति पुर्याउने गरेको तर टिआर–४ प्रजातिको प्रवेश पछि नेपालको केरा उद्योगमा ठुलो क्षति पुग्ने आँकलन गरि त्यो क्षतिबाट समयमै केरा जोगाउन अपनाइएका विभिन्न उपायहरुमध्ये यो तालिमले कृषि प्राविधिकहरुलाई कृषकस्तरमा टिआर–४ रेस पत्ता लगाउने तरिका र तिनको व्यवस्थापनका उपलब्ध उपायहरुबारे विस्तृत प्रशिक्षण दिने बताए।
राष्ट्रिय बाली संरक्षण संगठनका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले नार्क र संगठनले मिलेर सर्वे, प्रकाशन वितरण, केरा बगैँचाको सिमा नियन्त्रण, कृषि सल्लाह, बगैँचाको सरसफाई तथा रोकथाम विधि एवं तालिम जस्ता कार्यक्रम गरिएको बताए।
नार्कका निमित्त कार्यकारी निर्देशक लुमानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका कार्यक्रम विशेषज्ञ अर्जुनसिंह थापा, नार्कका बाली तथा बागवानी अनुसन्धान निर्देशक टिकाबहादुर कार्की, नार्कका सेवानिवृत वरिष्ठ वैज्ञानिक डा. रामदेवी तिमिला, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्याय, राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्रका प्रमुख डा.रेशमबाबु अमगाई लगायतको सहभागिता रहेको थियो।
सो तालिममा बाली संरक्षणमा काम गर्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क), बाली क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, कृषि क्याम्पसका विद्यार्थीहरु, विभिन्न प्रादेशिक कार्यालयका प्राविधिकहरुसहित २५ जनाको सहभागिता रहेको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत बशिष्ठ आचार्यले जानकारी दिए।
सहभागिहरुलाई डा.रामबहादुर खड्का, डा.रेशमबहादुर अमागाई, विमला पन्त, प्रकाश पौडेल, देवराज अधिकारी, फाजिल डुसुन्सेली, सिजुन जेङलगायतले प्रशिक्षण दिइरहेका छन्। तालिम ३ दिनसम्म चल्नेछ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया