बिएल संवाददाता
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दूध उत्पादक कृषकका समस्या समाधान गर्ने बताएका छन्।
नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एशोसिएसनको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्पसम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले दूध उत्पादक किसानका समस्या समाधानमा सहयोग गरिने प्रतिबद्धता जनाएका छन्।
बीमामा किसानको सहज पहुँच र क्षतिपूूर्ति उपलब्ध हुनुपर्नेमा एसोसियसनले जोड दिएको छ।
कार्यक्रममा एशोसिएसनका प्रदेश संयोजक योगेन्द्रलाल यादव र रामप्रसाद मेहताले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशमा १६ हजार किसानलाई तालिम दिएको बताएका छन्।
एसोसियसनले १२ लाख पशुमा सेवा पुर्याएको जनाएको छ। अन्तरक्रियामा प्रदेशका पशुपालक, दूध उत्पादक र सङ्कलक किसानको सहभागिता थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया