मङ्गलबार, ०६ अक्टोबर २०२६

कांग्रेस सभापतिमा काठमाडौंका प्रभावशाली नेता श्यामकृष्ण खड्गीको उम्मेदवारी

News Image
• • •

नेपाली कांग्रेसको सभापतिमा काठमाडौंका प्रभावशाली नेता श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।

काठमाडौं क्षेत्र नम्बर ६ बाट एक नम्बरमा महाधिवेशन प्रतिनिधि चुनिएका खड्गीले सभापतिमा गगन थापालाई चुनौति दिएका हुन्। तारकेश्वर–२ निवासी खड्की उपत्यकाका प्रभावशाली नेता मानिन्छन्।

उम्मेदवारी दर्ता गर्दै उनले आफू ४० वर्षदेखि नेविसंघको राजनीति सुरु गरेर अनवरत रुपमा नेपाली कांग्रेसको कार्यकर्ता रहेको, देशमा लोकतन्त्र स्थापना हुनुपर्ने र विधिको शासन लागू गर्नुपर्ने विषयमा लागिरहेकोले कांग्रेस हाँक्न आफू सक्षम रहेको दाबी गरे। महाधिवेशन प्रतिनिधिहरूलाई ‘विवेकको मत’ प्रयोग गरी आफूलाई विजयी गराउन उनले आग्रह गरेका छन्।

गगन थापाले सर्वसम्मत सभापति बन्न दौडधुप गरिरहेका बेला खड्गीको उम्मेदवारीले खुलामञ्चमा राजनीतिक तरंग पैदा गरेको छ।

रोचक कुरा के छ भने–खड्गी गगन थापाका स्कुले गुरु हुन्। गगन थापा सिद्धार्थ वनस्थली स्कुलमा पढ्दा खड्गी सोही स्कुलमा शिक्षक थिए।

कांग्रेसको सभापतिमा गुरु–चेलाको रोचक भिडन्त हुने भएपछि चासोका साथ हेरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!