सोमबार, ०२ नोभेम्बर २०२६

भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउँदै, प्रधानमन्त्रीलाई भेट्लान्?

News Image
• • •

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत विदेश सचिव मिश्री बुधबार नेपाल आउन लागेका हुन्।

नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्री र नेपालका परराष्ट्र सचिव अमृतकुमार राईबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि नेपाल आउन लागेका मिश्रीको स्वयं प्रधानमन्त्रीसँग भेटवार्ता हुने वा नहुने टुंगो लागिसकेको छैन।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार हालसम्म प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ताबारे हालसम्म कुनै जानकारी छैन।

विदेश सचिव मिश्री नेपाल भ्रमण सकेर बिहीबार नयाँदिल्ली फर्किने छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!