प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

सो अवसरमा उनीहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो। सो क्रममा अध्यक्ष ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गरेका थिए।

प्रकाशित मिति: : 2023-11-28 16:18:00

प्रतिकृया दिनुहोस्