बिएल संवाददाता
‘वेइटिङ आर्मीचिफ’ दुईतारे जर्नेल अशोक सिग्देलविरूद्ध शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेर छानबिन गर्न माग गर्दै मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
आयोगमा दर्ता भएको सी–०२९५६३ नम्बरको निवेदनमा शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति १९ माघ २०२१ रहेकोमा नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याइ भावी प्रधानसेनापति बन्न खोजेको ब्यहोरा उल्लेख गरिएकाे छ।
‘प्रहरी र निजामतीतर्फको नक्कली प्रमाणपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै आएको छ। पछिल्लो समय सेनाका नक्कली प्रमाणपत्रको समेत आयोगले अनुसन्धान थालेको हुँदा सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममिति पनि छानबिन हुनुपर्ने देखिन्छ,’ उजुरीमा लेखिएको छ।
यसअघि जन्ममिति कीर्ते प्रकरणमा डामिएसँगै कारबाहीबाट बच्न भावी प्रधानसेनापतिका रुपमा हेरिएका ताराध्वज पाण्डेले पदबाट राजीनामा दिए। उनले दिएको राजीनामा बिहीबारको मन्त्रिपरिषद्काे बैठकले स्वीकृत गरेसँगै जंगीअड्डाले शुक्रबार उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको जंगीअड्डा स्राेतकाे दाबी छ। उनलाई बढुवा गर्न सिफारिस गरेसँगै सैनिक मुख्यालयले सात दिने सूचनासमेत जारी गरेको छ।
जंगी अड्डकाको सिफारिसअनुसार अब बस्ने मन्त्रिपरिषद्काे बैठकले सिग्देललाई रथीमा बढुवा गर्नेछ। र, सिग्देल भावी प्रधानसेनापतिको लाइनमा हुनेछन्। तर, नेपाली सेनाले भावी प्रधानसेनापतिका रुपमाअघि सारेका रथीहरूकै एकपछि अर्काे सर्टिफिकेट काण्डहरू छरपष्ट भइरहँदा यो रोगबाट सिग्देल पनि दूर रहेनन्।
आगामी भदौ २४ सम्म प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल रहेकाले त्यसपछि विवादित पात्र सिग्देलतर्फ चिफ हुनेगरी लाइन सोझिएको छ। यसअघि सरोजप्रताप राणा घर हिँड्नासाथ सीताराम खड्काले बलाधिकृतको जिम्मा पाएका थिए। अहिले उनी सेनाको दोस्रो वरीयतामा छन्। खड्काले पुसमा अवकाश लिएपछि युएन फोर्समा कमाण्डर रहेका निर्मल थापा उनको ठाउँमा आउने छन्।
यतिबेला सिग्देलविरुद्ध पनि पाण्डेको जस्तै उजुरी पर्न थालेको छ। ताराध्वज र अशोकको कैफियत एकैकिसिमको रहेको सैनिक स्रोतकाे दाबी छ। सिग्देलको पनि यस्तै प्रकरण दाेहाेरिएकाे खण्डमा सन्तोष ढकाल हुँदै सन्तोषवल्लभ पौडेलहरूको भाग्योदय हुनेछ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया