बिएल संवाददाता
प्रधानसेनापति प्रभुराम शर्माको उत्तराधिकारीको रुपमा हेरिएका उपरथी अशोकराज सिग्देल रथीमा बढुवाका लागि सिफारिस भएका छन्।
यसअघि रथीमा बढुवाका लागि सिफारिस भएका र भावी प्रधानसेनापतिका रुपमा हेरिएका ताराध्वज पाण्डे कागजपत्र कीर्ते प्रकरणमा मुछिएर घर गएसँगै जंगीअड्डाले भावी प्रधानसेनापतिका रुपमा सिग्देललाई अगाडि सारेको अधिकारीहरू बताउँछन्।
जन्ममिति कीर्ते प्रकरणमा डामिएसँगै कारबाहीबाट बच्न पाण्डेले राजीनामा दिएका थिए। उनले दिएको राजीनामा बिहीबारको मन्त्रिपरिषद्काे बैठकले स्वीकृत गरेसँगै जंगीअड्डाले आज (शुक्रबार) उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको जंगीअड्डा स्राेतकाे दाबी छ। उनलाई बढुवा गर्न सिफारिस गरेसँगै सैनिक मुख्यालयले सात दिने सूचनासमेत जारी गरेको छ।
जंगी अड्डकाको सिफारिसअनुसार अब बस्ने मन्त्रिपरिषद्काे बैठकले सिग्देललाई रथीमा बढुवा गर्नेछ। र, सिग्देल भावी प्रधानसेनापतिको लाइनमा हुनेछन्।
यद्यपि, नेपाली सेनाले भावी प्रधानसेनापतिका रुपमा अगाडि सारिएका रथीहरूकै एकपछि अर्काेको सर्टिफिकेट काण्डहरू छरपष्ट भइरहँदा यो रोगबाट सिग्देल पनि अछुत रहन नसक्ने नेपाली सेनाका एक रथीले जनाएका छन्।
ताराध्वज र अशोकको कैफियत एकैकिसिमको रहेको सेना स्रोतकाे दाबी छ। सिग्देलको पनि यस्तै प्रकरण दाेहाेरिएकाे खण्डमा सन्तोष ढकाल हुँदै सन्तोषवल्लभ पौडेलहरूको भाग्योदय हुनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया