बिएल संवाददाता
प्रधानसेनापति प्रभुराम शर्माको उत्तराधिकारीको रुपमा हेरिएका उपरथी अशोकराज सिग्देल रथीमा बढुवाका लागि सिफारिस भएका छन्।
यसअघि रथीमा बढुवाका लागि सिफारिस भएका र भावी प्रधानसेनापतिका रुपमा हेरिएका ताराध्वज पाण्डे कागजपत्र कीर्ते प्रकरणमा मुछिएर घर गएसँगै जंगीअड्डाले भावी प्रधानसेनापतिका रुपमा सिग्देललाई अगाडि सारेको अधिकारीहरू बताउँछन्।
जन्ममिति कीर्ते प्रकरणमा डामिएसँगै कारबाहीबाट बच्न पाण्डेले राजीनामा दिएका थिए। उनले दिएको राजीनामा बिहीबारको मन्त्रिपरिषद्काे बैठकले स्वीकृत गरेसँगै जंगीअड्डाले आज (शुक्रबार) उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको जंगीअड्डा स्राेतकाे दाबी छ। उनलाई बढुवा गर्न सिफारिस गरेसँगै सैनिक मुख्यालयले सात दिने सूचनासमेत जारी गरेको छ।
जंगी अड्डकाको सिफारिसअनुसार अब बस्ने मन्त्रिपरिषद्काे बैठकले सिग्देललाई रथीमा बढुवा गर्नेछ। र, सिग्देल भावी प्रधानसेनापतिको लाइनमा हुनेछन्।
यद्यपि, नेपाली सेनाले भावी प्रधानसेनापतिका रुपमा अगाडि सारिएका रथीहरूकै एकपछि अर्काेको सर्टिफिकेट काण्डहरू छरपष्ट भइरहँदा यो रोगबाट सिग्देल पनि अछुत रहन नसक्ने नेपाली सेनाका एक रथीले जनाएका छन्।
ताराध्वज र अशोकको कैफियत एकैकिसिमको रहेको सेना स्रोतकाे दाबी छ। सिग्देलको पनि यस्तै प्रकरण दाेहाेरिएकाे खण्डमा सन्तोष ढकाल हुँदै सन्तोषवल्लभ पौडेलहरूको भाग्योदय हुनेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया