विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई डिसहोमले पनि इनाम दिने

डिसहोम फाइबर नेटले काठमाडौँमा जारी टि–२० विश्वकपको एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई इनाम दिने घोषण गरेको छ। डिसहोमले एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख प्रदान गर्ने घोषणा गरेको हो।

त्यस्तै उसले शतक प्रहार गरेमा १० लाख, ५ विकेट लिएमा ५ लाख, अर्धशतक प्रहार गरेमा १ लाख, ३ विकेट लिएमा १ लाख, ३५ रन लिएमा ५० हजार, ३ क्याच वा स्टम्पिङ गरेमा ५० हजार दिने घोषण गरेको छ।

टि– २० विश्वकपको एसिया छनोटका खेलहरु काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा जारी छ। जारी प्रतिस्पर्धामा नेपालले लगातार जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। सेमिफाइनलमा पनि जित निकाले नेपाली टोली आगामी वर्ष हुने टि– २० विश्वकपको लागि छनोट हुनेछ।

प्रतियोगितामा दुई खेल खेलिसकेको नेपालले भोलि (बिहीबार) ओमानसँग खेल्दैछ।

खेलाडीलाई हौसला प्रदान गर्न अर्ना वियरले यसअघि देखिनै पुरस्कार प्रदान गर्दै आएको छ। भने, चलचित्र ‘दिमाग खराब’ले पनि पुरस्कार दिँदै आएको छ।

अब अर्ना र ‘दिमाग खराब’पछि पुरस्कार प्रदान गर्नेको सूचीमा डिसहोम पनि थपिएको छ।

प्रकाशित मिति: : 2023-11-01 14:57:00

प्रतिकृया दिनुहोस्