‘कहीँ नभएको जात्रा हाँडी गाउँमा।’ सामान्यतया यस उखानबारे जानकारी नभएका नेपाली कमै मात्रामा होलान्। बिशेषत: कसैलाई व्यंग्य गर्नुपर्यो भने सबैको मुखमा आउने वाक्य यही हो– ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा…’ तर, हामी जति यस उखान प्रयोग गछौँ, यसबारे जानकार भने छैनौँ।
०००
हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँको जात्रामा रथको आकार र प्रयोग हुने सामग्रीका कारण पृथक मानिन्छ।
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानका कारणलेसमेत चर्चामा रहेको यो हाँडीगाउँको जात्रामा घुमाइने रथमा देवता माथिल्लो भागमा राखिन्छ र खट फनफनी घुमाइन्छ।
सामान्यतया अन्य ठाउँको खट् जात्रामा गजुर टुप्पोमा भएको मन्दिरको जात्रा गरिन्छ। तर यहाँ रथको गजुर भुईँतर्फ रहन्छ भने गर्भगृह र भगवानको मूर्ति माथि (आकाशतर्फ) फर्काउने अनौठो प्रचलन छ।
यसमा ब्रह्मा, विष्णु र महेश्वरको तीनवटा रथ बनाइन्छ। ब्रह्मा र विष्णुको रथमा एकर-एकवटा देउताको मूर्ति हुन्छन् भने महेश्वरको रथमा ६ वटा देउताको मूर्ति हुन्छ। जात्रा प्रारम्भ भएपश्चात राति ९ बजेदेखि ११ बजेको समयमा एउटा रथ कोटाल टोलमा राखिन्छ।
त्यस्तै दोस्रो रथ भूतेश्वरी कृष्ण मन्दिरअगाडि राखिन्छ। तेस्रो रथ लामोढुंगा डबलीमा राखिन्छ। रथको गजुर तल पारि र गर्भ गृह र भगवानको मूर्तिमाथि राखेर रथ निर्माण गरिन्छ। भगवान राखिएको गर्भ गृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ। साथै रथमा मैनको सुगन्धित फूल बनाइ राख्ने गरिन्छ।
यो कहीँ नभएको विशेषता हो। त्यसैले यो जात्रा कहीँ नभएको भनेर प्रख्यात भएको हो।
यस्तै यस जात्रामा विशेष प्रकारका फूल तथा कलात्मकरूपमा सजिएको उक्त रथमा ३६-३६ जनाले नोल लगाएर परम्परागत बाजा र विधिअनुसार तीन फेरा सहर परिक्रमा गराइन्छ। पृथक शैलीमा जात्रा मनाइने भएकाले कहीँ नभएको जात्रा हाँडी गाउँमा भनिएको हो।
तीन दिनसम्म मनाइने यस जात्रामा खटको गजुर उल्ट्याइ देबतालाई माथि राख्ने,मैनको फुल प्रयोग गर्ने चोक्ते नारायण जात्रालाइ नै जनजिब्रोमा हाडीगाउँको जात्रा भनिएको काठमाडौं महानगरपालिका वडां न ५ का सदस्य विजय प्रकाश कर्माचार्य बताउँछन्।
‘वास्तवमा यस जात्रालाई नेवारी भाषाबाट अनुवाद गरेर ‘कहीँ नभएको जात्रा हाडीँ गाउँमा भनिएको हो। जसको नाम ‘देशेमरु जात्रा’ हो। यस्तो खट तल र मूर्ति माथि भएको जात्रा कतै नभएको कारणले ‘देशेमरु जात्रा’ भनिएको हो,‘उनले भने, ‘तर पछि खिसीट्युरीको भाषामा बोलिचाली भयो।’
यसैगरी उनकाअनुसार ‘परापूर्वकालमा दिदी र बहिनी एकै समयमा गर्भवती भएको र दिदीले नारायणको नाम नलिएर पनि ‘राम्रो, स्वस्थ सन्तान जन्माउन सक्छु’ भनी घमन्ड गरेको र बहिनीले भगवान् विष्णुप्रति आस्था भएकाले ‘आफ्नो पनि राम्रो सन्तान जन्मने’विश्वास लिइन्।
९ महिनामा बहिनीले स्वस्थ सुन्दर सन्तानको जन्म दिइन्। तर, दिदीको गर्भमा रहेको सन्तान भने १२ वर्ष बित्दा पनि जन्मिएन। पछि ज्योतिषलाई देखाउँदा नारायणलाई हेलाँ गरी आफ्नै शक्तिले बच्चा जन्माउन सकिन्छ भनेको कारण भगवान् नारायण रिसाएर हिमालमा गएर बसेका हुँदा कहीँ नभएको तरिकाले जात्रा गरी नारायण भगवानलाई फकाएर ल्याएमात्रै बच्चा जन्मन्छ भनेको हुँदा यो जात्रा चलाइएको हो।
भिडियाे