इजरायलमा अलपत्र विद्यार्थी लिन नेपाल एयरलाइन्सकाे जहाज जाँदै

NAC
NAC

इजरायलमा अलपत्र विद्यार्थी लिनकाे लागि नेपाल एयरलाइन्सकाे जहाज आज राति इजरायल जाने भएकाे छ।

इजरायल-हमास युद्धबाट प्रभावित नेपाली विद्यार्थीलगायत लिनकाे लागि आज राति ११ बजे नेपाल एयरलाइन्सकाे जहाज इजरायल प्रस्थान गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। सचिवलायका अनुसार जहाज दुबई ट्रान्जिट हुँदै त्यसतर्फ प्रस्थान गर्नेछ।

युद्धग्रस्त क्षेत्रबाट अन्य देशहरुले आफ्ना नागरिक फिर्ता लगे पनि नेपाली जहाज युद्ध सुरु भएकाे पाँच दिनसम्म पनि उद्दारकाे लागि गएकाे थिएन। यद्यपि, इजरायलस्थित नेपाली दूतवासले त्यहाँकाे जाेखिम क्षेत्रमा रहेकाे नेपालीहरुकाे उद्दारकाे पहर गरिरहेकाे थियाे।

युद्धकाे मुख्य केन्द्र मानिएकाे गाजा क्षेत्रमा फसेका ३२ नेपाली विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सारेकाे थियाे। त्यसकाे भाेलिपल्ट आज सरकारले जहाज पठाउन लागेकाे हाे।

नेपालबाट अध्ययनकाे लागि गाजा क्षेत्रमा रहेका करिब ५० नेपाली युद्धबाट बढी प्रभावित भएका थिए। त्यसमध्ये १० जनाकाे ज्यान गएकाे छ। भने, चार जनाकाे उपचार भइरहेकाे छ।

एक जना भने सम्पर्कविहीन छन्।

इजरालयमा करिब ४ हजार ५ सय नेपाली कार्यरत छन्। ती मध्ये युद्धबाट प्रभावित ३ सय बढीले नेपाल फर्किनकाे लागि नेपाली दूतवासले खुलाएकाे आवेदन फाराम भरेका छन्।

प्रकाशित मिति: : 2023-10-11 13:30:00

प्रतिकृया दिनुहोस्