चीनकाे तिब्बतियन क्षेत्रमा पर्ने सिसापाङ्मा हिमालकाे हिमपहिराेमा परेर दुई जनाकाे मृत्यु भएकाे छ।
आज (शनिबार) अपराह्नमा गएकाे उक्त हिमपहिराेमा परेर एक अमेरिकी महिला आराेही र नेपाली शेर्पा गाइडकाे मृत्यु भएकाे सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिएका छन्। मृत्यु हुनेमा अमेरिकी महिला आरोही अन्ना गुटु र उनका शेर्पा गाइड मिङमार शेर्पा रहेका छन्।
त्यस्तै उक्त हिमपहिराेमा परेर अमेरिकी आरोही जिना मारिया र उनका शेर्पा गाइड तेन्जेन लामा शेर्पा बेपत्ता भएका छन्। उनीहरुकाे खाेजी कार्य जारी छ।
८ हजार २७ सय मिटर अग्लाे सिसापाङ्मा हिमाल आराेहणका बेला हिमपहिराे गएकाे थियाे। हिमपहिराेमा परेर नेपाली आराेही कामिरिता शेर्पा र कर्मा ग्याल्जेन शेर्पा घाइते भएका छन्।
प्रत्यक्षदर्शीकाअनुसार दुई जना अमेरिकी महिला आरोही र उनीहरूका गाइडले ७ हजार ८०० मिटरभन्दा माथिको उचाइमा पुग्दा हिमपहिराे गएकाे थियाे।