नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मूल्यवृद्धि नियन्त्रणमा सरकारले चासाे नदेखाएकाे बताएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देखावटी नभइ साँचै मूल्यवृद्धि नियन्त्रण गर्ने गरी सरकारले आफ्नो उपस्थिति देखाउनुपर्ने बताए।
‘यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ। सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा राख्ने घोषणा गरे पनि आर्थिक वर्ष सुरु भएयता १४ प्रतिशतले मूल्यवृद्धि भइसकेको छ’ सांसद पौडेलले भने, ‘यतिबेला सबै चिजको मूल्य बढे पनि सरकारप्रतिको भरोसा बढ्न नसकेको स्थिति हो। त्यसैले देखावटी रूपमा मात्र होइन, साँचै मूल्यवृद्धि नियन्त्रण गर्ने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्।’
उनले देश आर्थिक मन्दीले थलिएको र ३५ प्रतिशत सटर बन्द भएको दाबी।