नेपालगञ्ज घटनापछि सीमा क्षेत्रमा सामाजिक सञ्जाल निगरानी गर्दै भारतीय सुरक्षा निकाय

नेपालगञ्जको घटनामा भारतले चासो देखाएको छ।

केही दिनदेखि दुई धार्मिक समुदायबीच उत्पन्न विवादपछि तनावग्रस्त भएको बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रमा अहिले पनि कर्फ्यू जारी छ।

भारत केन्द्र सरकारले पछिल्लो अवस्थाका बारेमा सूचना लिन मातहतका स्थानीय सुरक्षा अधिकारीहरू खटाएको छ।

बुधबार उत्तरप्रदेश बहराइच जिल्ला डिएम मोनिका रानी र एसपी प्रशान्त वर्मा सहितका उच्च अधिकारी सीमा क्षेत्रमा खटिएका छन्।

उनीहरूले नेपाल-भारत सीमा क्षेत्र रुपैडिया नाका पुगेर पछिल्लो अवस्थाको बारेमा जानकारी लिएका छन्।

नेपाल-भारत सीमामा बहराइच रुपैडिया, मोतीपुर, नवाबगन्ज, सुजौली र मुर्तिहा सीमा नजिक छन्। भारतीय सुरक्षा निकायले नजिकैको पिलिभितसम्मको क्षेत्रमा हाई अलर्ट जारी गरेको छ।

उत्तर प्रदेश प्रहरीले सीमा क्षेत्र वरिपरी प्रयोगकर्ताको सामाजिक सञ्जालमाथि समेत निगरानी बढाएको छ।

उत्तर प्रदेश प्रहरीका डिजी प्रशान्त कुमारले यो विषयलाई गम्भीरतापूर्वक लिएको भन्दै सीमा क्षेत्रका प्रहरी तथा सुरक्षा अधिकारीहरूलाई ‘अलर्ट’ हुन निर्देशन दिएका छन्।

प्रकाशित मिति: : 2023-10-04 17:42:00

प्रतिकृया दिनुहोस्