प्रहरीले दोलखाबाट ४ किलो सुन बरामद गरेको छ।
बिगु गाउँपालिका–१ स्थित लामाबगरबाट आइतबार सुन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले यसअघि दोलखाबाटै दुई पटकमा ७ किलो सुन बरामद गरेको थियो। त्यसपछि आज थप चार किलो सुन बरामद गरिएकाे हो।
योसँगै दोलखाबाट मात्रै ११ किलो सुन बरामद भइसकेकाे छ।