काठमाडाैँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ।
एक हप्ता चल्ने याे कार्यक्रम आजबाट सुरु भएको हो। ट्राफिक नियमको पालना गर्न, जेब्रा क्रसिङबाट बाटो काट्ने बानी बसाउने मूल उद्देश्यका साथ याे कार्यक्रम आयोजना गरेरिएकाे हो। कार्यक्रममा स्कुल तथा कलेजका विघार्थी, स्थानीय क्लब तथा संघसंस्थाहरुको सहभागीता रहेको छ।