जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित ३ जनाविरुद्ध मुद्दा दायर

तस्बिर: मिलन थापा र प्रदीप ढकाल
तस्बिर: मिलन थापा र प्रदीप ढकाल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापासहित तीन जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हाे।

सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूमाथि अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

वि.सं. २०७४ साल साउनदेखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव रहेका डा. ढकालले पदीय दुरुपयोग गरी अस्वभाविकरुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा छानविन गर्दा गैर कानूनीरुपमा सम्पत्ति आर्जन गरेको देखिएकाले आयोगले उल्लेख थियाे।


मन्त्रीलाई रिझाएर पशुपति छिरेका ढकालले कसरी लुटे कराेडाैँ रकम ?

प्रकाशित मिति: : 2023-10-01 16:22:00

प्रतिकृया दिनुहोस्