प्रधानमन्त्रीकाे निर्देशनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

 सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

याे मन्त्रिपरिषद् विषय नभएकाे र नेपाल आयल निगमकाे विषय भएकाेले यसमा प्रधानमन्त्रीले निर्देशन दिइसकेकाे मन्त्री शर्माले जानकारी दिइन्।

पेट्रोलियम पदार्थको हालकाे मूल्यवृद्धि तत्काल राेक्ने र पुरानै मूल्य कायम गर्न प्रधानमन्त्रीले निर्देशन दिइसकेकाे उनले बताइन्।  

चाडपर्वकाे मुखमा जनताले मूल्यवृद्धि चर्काे मार खेप्नु परेकाे कुरालाई मध्यनजर गरेर फिर्ता लिइएकाे मन्त्री शर्माले भनाइ छ। 

प्रकाशित मिति: : 2023-10-01 13:24:00

प्रतिकृया दिनुहोस्