नेपाल सेमिफाइनलमा भारतसँग पराजित

तस्बिर: रविन पुन मगर (आइडु)
तस्बिर: रविन पुन मगर (आइडु)

 साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग नेपाल पराजित भएको छ।

दशरथ रंगशालामा भएको खेलमा भारतसित पेनाल्टी सुटाउटमा पराजित भएको हो। भारतसँग नेपाल पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भयो। 

यसअघि भारतका लागि शहिले खेलको २५ मिनेटमा गोल गरेका थिए। नेपालको लागि समीर तामाङले खेलको ७४ मिनेटमा गोल गरेर खेललाई बराबरिमा लाए।

पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपाल सोमबार माल्दिभ्समाथि ४–१ गोलको सानदार जित हात पारेर सेमिफाइनल प्रवेश गरेको थियो।

भारत भने २ खेलमा अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा रहँदै समूह ‘बि’को विजेता बन्दै सेमिफाइनल पुगेको छ।

समूह ‘ए’बाट माल्दिभ्स र समूह ‘बि’बाट बंगलादेश समूह चरणबाट बाहिरिएका छन्।

प्रकाशित मिति: : 2023-09-27 19:17:00

प्रतिकृया दिनुहोस्