बागमतीमा जनता आवास कार्यक्रम सुस्त, लाभग्राहीमा परेका एक हजारले बनाएनन् आवास

रातोपाटी

गणेश दुलाल

बागमती प्रदेशमा जनता आवास कार्यक्रम कार्यान्वयन सुस्त देखिएको छ । विपन्न समुदायलाई लक्षित गरी बागमती प्रदेशमा लागु गरिएको जनता आवास कार्यक्रम कार्यान्वयनको प्रगति अत्यन्त न्यून छ।

संघीय सरकारको सशर्त अनुदानमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत कार्यान्वयन भएको उक्त कार्यक्रम प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा लागु भएको थियो। १० जिल्लामध्ये केही जिल्लाले कार्यक्रम कार्यान्वयन नै गर्न सकेको देखिँदैन भने केही जिल्लामा आंशिक रुपमा कार्यान्वयन भएको छ।

प्रकाशित मिति: : 2023-09-26 10:15:00

प्रतिकृया दिनुहोस्