एमालेमा छैन नेतृत्व परिवर्तनको संकेत, ‘ओलीलाई फेरि अध्यक्ष बनाएर ०८४ को चुनावमा जान्छाैँ’

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी एघाराेँ महाधिवेशनपछि पनि पार्टीको नेतृत्वमा केपी शर्मा ओली सर्वसम्मत हुने दाबी गरेका छन्।

उपाध्यक्ष पौडेलले आइतबार राति एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा यस्तो दाबी गरेका हुन्।

नेकपा (एमाले)को बहुमतको सरकार नभएसम्म देशमा उन्नति, प्रगति, सुशासन र समृद्धि नहुने भएकोले ०८४ को चुनावमा जानुअघि ओलीलाई अध्यक्ष बनाउने र प्रधानमन्त्रीको उम्मेदवार बनाउने उपाध्यक्ष पौडेलले बताएका छन्।

‘हामी अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको क्यान्डिडेटको रुपमा प्रस्ताव गरेर ८४ को निर्वाचनमा जान्छौँ,’ उपाध्यक्ष पौडेलले भने, ‘त्यो भन्दा अगाडि हामीले महाधिवेशन सम्पन्न गर्छाै उहाँलाई अध्यक्षमा पुनः निर्वाचित गर्छौ, त्यसपछि हामी उहाँकै नेतृत्वमा निर्वाचनमा जान्छौँ र उहाँलाई मुलुकको बागडोर सम्पिन्छौँ।’

उनले एघाराेँ महाधिवेसनको लागि नेतृत्व परिवर्तनको विकल्पबारे नसोचिएको बताएका छन्।

प्रकाशित मिति: : 2023-09-25 07:54:00

प्रतिकृया दिनुहोस्