साम्यवाद म्याद सकिएको बाटो हो, पूँजीवाद असफल भइसकेको परिवेशमा सामन्तवादको धङ्धङी छ। यी सबैभन्दा उत्तम बाटो प्रजातान्त्रिक समाजवाद हो।
उति बेला नै यही मार्गमा थिए वीपी कोइराला पनि। यही कुरा अहिलेको पुस्ताले बुझ्नुपर्ने विषय हो। भारतीय समाजवादी आन्दोलनका अगुवा आनन्द कुमारका भनाइ हुन् यी।
वीपी कोइरालाको जन्मजयन्तीमा नेपाल आइपुगेका कुमार आफ्ना भारतीय सोसलिस्ट आन्दोलनका पक्षधर हुन्।
यहाँ उनै प्राध्यापक आनन्द कुमारले वीपी कोइराला र समकालीन राजनीति, अघिल्लो पुस्ता र भविष्यको समाजवादी आन्दोलनका बारेमा राखेका भनाइहरूको भावलाई संश्लेसन गरिएको हो।
आननद कुमारले वीपी कोइराला, महात्मा गान्धी र मार्क्सका चर्चाबीच कोइरालालाई समाकालीन राजनीतिमा एशियाका नक्षत्र बताउँछन्। उनले महात्मा गान्धीले सत्तामा गएर काम नगरेको मार्क्सले जर्मनीमा क्रान्ति गर्न नसकेको स्मरण गराउँदै वीपीले सत्तासँगै क्रान्ति, विद्रोह र संघर्षमा उच्च कोटीको योगदान दिएको उत्कृष्टतालाई जोड पनि दिन्छन्।
लोकतन्त्रमा चुनाव महत्वपूर्ण रहने भन्दै आनन्द कुमारले सम्झिए जनमत संग्रहमा वीपी कोइरालाले आफ्नो पराजयलाई सहज स्वीकार गरेको। २०३६ सालको जनमत संग्रहताका करिब १ महिना उतिवेला आनन्द कुमार नेपालमै बसिरहेका थिए।
दक्षिण एशिया र युरोप अमेरिकामा समाजवादी आन्दोलनको ब्याख्या गर्दै आनन्द कुमारले आफ्ना पिताले नेपालको संविधान बनाउन २०४७ सालमा खेलेको भूमिकालाई समेत दर्शाउँछन्।
२१औं शताब्दीका नायक भनेर वीपी कोइरालालाई सम्बोधन गर्ने आनन्द कुमार वनारश हिन्दू विश्व विद्यालय (विएचयु) र जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) का प्रध्यापक पनि हुन्।
आनन्द कुमारले १९ औं शताब्दीका मार्क्स, १९ औं शताब्दी अन्त्यसँगै २० औं शताब्दीमा गान्धी र २१ औं शताब्दीमा कोइराला महान विचारक रहेको सप्रसंग ब्याख्या गरेका थिए। यी तिनैजना आआफ्नो कालखण्डका युगनायक भएको उनको बुझाइ छ। न केवल नाम विचार, कर्म र जीवनशैलीका माध्यमबाट संसारलाई प्रकाश दिएको स्मरण गराए।
उनी भन्छन् - दे लिभ्ड अ लाईफ विथ करेज अफ कन्भिक्सन्।
वीपी परिस्थिति अनुसार सिद्धान्तमा सम्झौता नगरेका नेता भएको उनको भनाइ छ। सिद्धान्तलाई व्यवहारमा लागु गर्ने नेता कमै हुन्छन तीमध्य कोइराला पनि एक हुन् जसले सिद्धान्तमा सम्झौता गर्न कहिल्यै रुचाएनन्।
क्यापिटालिज्मको वकालत गर्ने मार्क्स, साम्राज्यवदाका विरुद्ध गान्धी र सामन्तवादका विरुद्ध कोइराला नितान्त बेग्ला-बेग्लै आन्दोलनका प्रकशापुञ्जको रुपमा तीन विचारकहरूमाथि चर्चा गरे आनन्द कुमारले।
उनले थपे- मार्क्सवादको संसारभरि चर्चा भयो, गान्धीको चाहनाविपरीत गान्धीवाद पनि चल्यो। वीपी कोइरालाको कुनै कोइरालावाद भएन। तर तीनैजना नेतहरूको साझा मुद्दा थिए स्वतन्त्रता, समता, न्याय र मानिसको गरिमा।
निर्वासनमा बस्दाको वेदना र पीडाबोधले नै कोइरालाले राष्ट्रियतालाई प्रजातन्त्र र समाजवादकै उचाईंमा राखेका थिए भन्ने आनन्द कुमारलाई लाग्छ।
भारतमा अल इण्डिया सोसलिस्ट पार्टी अस्तित्वमा नभएको दुखद् विषय सुनाउँदै उनले भने- भारतको समाजवादी आन्दोलनमा कहिले नेता हराए, कहिले कार्यकर्ता हराए। तर नेपालमा कोइरालाले सुरु गरेको समाजवादी आन्दोलनको जगमा बनेको नेपाली काँग्रेस पार्टी बचाउने जिम्मेवारी अब यही नयाँ पुस्ताको काँधमा छ।
उनले काँग्रेस महामन्त्री गगन थापा कमसेकम झुट बोल्दैनन् भनेर गह्रौं भारी बोकाइदिए।
उनले प्रश्न उठाए- नेपालमा समाजवादको भविष्य के-कस्तो छ र?
समाजवादी आन्दोलन कमजोर हुँदा नै भारतमा लोकतन्त्र कमजोर भएको हो।
‘समाजवादको मूल आधार समता र जनताको सम्पनन्ता त हो तर अहिले नेताहरूले सम्पन्नतालाई अपनाएर समानतालाई दुत्कारेका छन्। समाजवादका यी मूल मर्म मरेका छन्’ आनन्द कुमारले भन्छन्।
दक्षिण एशियामा समताको आन्दोलन थोरै कतै दलित र महिला आन्दोलनमा मात्रै बचेकोमा दु:ख पोखे। यी आन्दोलनका नेतृत्व गर्नेहरू पनि सत्ता प्राप्तिसँगै समानताको विषयलाई पाखा लगाउने गरेकाले लोकतन्त्र कमजोर हुँदै गएको उनको बुझाइ छ।
‘लोकतान्त्रिक समाजवाद अँध्यारो कोठामा राखेको कालो विरालो झैं भयो, जब की त्यहाँ कालो बिरालो समेत रहेन’ उनी भन्छन्।
नेपाली कांग्रेसले वीपी कोइरालाको जन्मजयन्ती मनाउनका लागि आयोजना गरेको वीपी साहित्य महोत्सवमा आफ्ना ओजनदार भनाई राख्दै आनन्द कुमारले मार्क्सवादले पहिल्याएको समाजवाद र लोकतान्त्रिक समाजवादको भिन्नताको ब्याख्या समेत गरे। उनले लेलिनले निर्वाचित सत्ताका विरुद्ध समाजवाद खोजेको सम्झाए, माओले चुनावलाई नपर्खेको यथार्थ बोध हुन जरुरी भएको बताए। तर लोकतान्त्रिक समाजवादले निर्वाचनलाई विषेश महत्व दिएको फरकपना दर्शाए।
आनन्द कुमारले धनतन्त्र र जनतन्त्र सँगसँगै चल्न नसक्ने विश्व अनुभव पनि सुनाए। अपराधीहरू राजनीतिमा आएकाले लोकतन्त्र कमजोर हुँदै गइरहेको प्रसङ्गमा उनी भन्छन्- केही आवश्यकता पूरा गर्न पूँजीपति वर्गबाट धन जम्मा गरेर पार्टी सञ्चालन गर्नु एउटा पक्ष हो तर पूँजीपतिलाई नै पार्टी र सत्तामा हिस्सेदार बनाउनु गम्भिर गल्ती हो। धनतन्त्र र बाहुवलीले लोकतन्त्र कसरी कमजोर हुन्छ भन्ने केही वृत्तान्त पनि उनले भने। भारतमा हुने चुनावमा हुने धन खर्चको उदाहरण दिँदै नेपालमा त्यसो नहुन दिन यहाँका राजनीतिक दलहरूलाई सुझाए।
‘पैसाले जित्ने चुनाव भन्दा, त्यो चुनाव हार्नु नै ठीक हो। पैसाको बलमा जितेको चुनाव कहिल्यै निको नहुने क्यान्सर जस्तै हो’ चुनावबारे उनले आफ्नो बुझाइ पनि राखे।
भारतको पछिल्लो अवस्थाका विषयमा समेत ब्याख्या गर्दै लोकतन्त्रमा चुनाव पूँजिपति वर्गको हातमा पुगेकाले विश्व कै लोकतन्त्र खतरामा परेको हो।
जय नेपाल, जय हिन्द हुँदै जय जगत भन्नसक्ने बनाउने समाजवादी आन्दोलनको लक्ष्य रहनुपर्नेमा उनको जोड थियो।
आनन्द कुमारले आफ्नो गहकिलो प्रवचनमा ग्लोबलाइजेसनको असफलताका अघिल्लतिर संयुक्त राष्ट्र संघको अगुवाईमा चलिरहेको सस्टेनेवल डेभलपमेन्ट (२०३०का १७ वटा लक्ष्य)लाई नै यतिबेलाको समाजवादी मुद्दाको सुत्रका रुपमा ग्रहण गर्न अपिल समेत गरेका थिए।
समाजवादको यात्रामा नर-नारी समता र जातिगत विषयका असमानता दूर हुनुपर्ने धारणा राख्दै उनले भनेका थिए- यो बाटोमा नेपाल भारत भन्दा एक कदम अगाडी छ।
स्व. प्रदिप गिरि, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला, दुर्गा सुवेदीसहितका नेताहरूको नाम समेत स्मरण गरे।
आनन्द कुमारले समाजवादी आन्दोलन अघि बढाउन मार्क्सले लेखेका पुस्तकहरूको उपादेयता भने सम्झाउने प्रयास गरेका थिए। अमेरीकामा चलेको अकुपाइ वालस्ट्रिट आन्दोलन सम्झन भने। पूँजिवादको प्रसङ्गहरूलाई ब्याख्या गर्दै उनले भने- पैसावालालाई पार्टी सुम्पनु भनेको सुइट पोइजन हो।
कविका कविताले क्रान्ति नजिक आउँछ। उपन्यासकारहरूले लेख्ने उपन्यासका पात्रहरुले विश्वास जगाउँछ भन्दै उनले सन्त कवीरका दोहा सश्वर वाचन पनि गरेका थिए।
बुद्धले भनेको ‘आत्मदीपो भव:’ लाई वीपी कोइरालाले आत्मसाथ गरेको विषय पनि उनले सुनाएका थिए। उनले भनेका थिए- वीपीले हतियार उठाउनु त्यसकै उपज हो। मैले भनेर मात्रै विश्वास नगर्नु, कितावमा लेखेको छ भनेर पनि ढुक्क नहुनु अनि आफूले अनुभव गरेर मात्रै विश्वास गर्नु। बुद्धले भनेका प्रसङ्गलाई वीपीले ब्यवहारबाट प्रयोग गरे। अनि सशस्त्र क्रान्ति रोके।
गान्धीले राजनीतिलाई ’सत्ताको गणित हो’ भन्ने चलनचल्तीको ब्याख्यालाई वदलेर ‘राजनीति सेवा हो’ भन्ने स्थापीत गरे। वीपी कोइरालाले नेताले मात्रै चाहँदैमा क्रान्ति वा बदलाव आउँदैन, जनताले महसुस गरेमा वदलाव आउँछ भन्ने विश्वासलाई आत्मसाथ गरेको कुरा सुनाए।
‘तिमी बदलिए पो युग बदलिन्छ’ आनन्द कुमारले बडो मधुर भाषण दिँदै भनेका थिए- भारत, चीन, अमेरिका र सिङ्गो पूँजिपति वर्ग वीपी कोइरालाका विरुद्ध हुँदा पनि कोइराला नेपाली जनताप्रति आफ्नो विश्वास अटल रुपमा राखिरहे, तब न परिवर्तन सम्भव भयो।’
नेपाल, भारत, अमेरिका, युरोप, रुस, चीन, जर्मनीलगाएत एशिया र दक्षिण एशियाको समाजवादी आन्दोलनको साङ्गोपाङ्गो निफनेका आनन्द कुमारले वीपी कोइरालाले कठीन परिस्थितिमा उच्च आत्मवलका साथ धीरज देखाउँदै सामन्तवादका विरुद्ध नेपालमा समाजवादी आन्दोलनलाई अघि बढाएको भनेर नेपाली समाजलाई ठुलो गुण लगाएको बताए।