[अपडेट] धरानका उपमेयरको घरभित्र पसेर भाइमाथि कुटपिट, दुई जना गम्भीर घाइते

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा दुई समूहबीच झडप भएको छ। 

दुई समूहबीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा अइन्द्रका भाई विष्णु र अर्को समुहका सन्देश राई रहेका छन्। 

दुबै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनीहरुको उपचारमा सम्लग्न एक आफन्तले बिएल नेपाली सेवालाई जानकारी दिए। 

उनका अनुसार दुबै जनाको टाइको, ढाड, मुखमा तोड लागेको र अवस्था गम्भीर रहेको छ। 

उपमेयर बेघाको घरभित्र पसेर उनका भाइ विष्णुलाई अर्को समुहका केटाहरुले आक्रमण गरेपछि झडप भएको हो। 

उपमेयरको घर धरान उपमहानगरपालिका–१५ खिरिया बस्तीमा पर्छ। उक्त बस्ती सुकम्बासी बस्ती रहेको र पुरानो रिसिबीका कारण दुई अर्को गाउँका केटाहरु आएर उपमेयरकै घरभित्र परेर उनका भाइमाथि आक्रमण गरेको बताइएको छ। 

झडपको बेला उपमेयरको घरमा तोडफोड भएको पनि बताइएको छ। घटना हुनुअघि प्रहरीलाई जानकारी गराएको भएपनि प्रहरी घटनास्थन नपुग्दा झडप भएको उपमेयर अइन्द्रले फेसबुक लाइभमा बताएका छन्। 


याे पनि

धरानका उपमेयर बेघाको घरमा तोडफोड


 

प्रकाशित मिति: : 2023-09-12 18:26:00

प्रतिकृया दिनुहोस्