धरानका उपमेयर बेघाको घरमा तोडफोड

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ। धरान– १५ मा रहेको उनको घरमा तोडफोड भएको हो। 

तोडफोड कसले गर्यो भन्ने एकिन नभएपनि स्थानीय युवाहरु रहेको बुझिएको धरान उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराईले बिएल नेपाली सेवालाई जानकारी दिए। 

उपमेयर अइन्द्रका भाइलाई आक्रमण गर्न आएका केटाहरुको समूहले उनको घरमा पनि तोडफोड गरेको बताइएको छ। 

 

प्रकाशित मिति: : 2023-09-12 20:42:00

प्रतिकृया दिनुहोस्