अन्नपूर्ण पोष्ट
कोसी प्रदेशमा अध्यादेशमार्फत ‘बजेट होलिडे’ अन्त्य गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को आर्थिक र विनियोजन अध्यादेश जारी गरेर बजेट शून्यताको अवस्था अन्त्य गरिएको हो।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार आर्थिक अध्यादेश र विनियोजन अध्यादेश २०८० जारी गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुखबाट अध्यादेश जारी गरिएको छ।
सर्वोच्च अदालतको परमादेशबाट कोसीको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। पद तथा गोपनीयताको शपथपछि उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेका छन्।
त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो। आर्थिक शून्यताको अवस्थामा पुगेको प्रदेशलाई अध्यादेशमार्फत निकास दिइएको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले जानकारी दिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया