सन्दीप लामिछानेले एसिया कप खेल्ने, भोलि पाकिस्तान जाँदै

मुद्दाकाे सुनुवाइ सरेसँगै क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान जाने भएका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले आइतबार मुद्दाको सुनुवाइ भदौ २१ गतेसम्मको लागि स्थगित गरेसँगै सन्दीपको लागि एसिया कप खेल्न पाकिस्तान जाने बाटो खुलेको हो । उनी  भोलि (सोमबार) पाकिस्तान जाने भएका हुन्। यही भदौ १३ गतेदेखि सुरु हुने एसिया कप खेल्न नेपाली टोली पाकिस्तान पुगिसकेको छ।

मुद्दाको पेशी तोकिएपछि सन्दीप टोलीसँगै पाकिस्तान जानबाट रोकिएका थिए। तर, त्यसयता दुईपटकसम्म मुद्दा स्थगित भएको छ । यो सँगै सन्दीप पाकिस्तानमा हुने एसिया कप खेल्ने मौका पाएका छन् । 

यसअघि उच्च अदालत पाटनबाट धरौटीमा छुटेका सन्दीपलाई काठमाडौँ बाहिर जान अदालतको अनुमति अनिवार्य छ। सन्दीपमाथि १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोप छ।

प्रकाशित मिति: : 2023-08-27 16:39:00

प्रतिकृया दिनुहोस्