पत्रकार फुर्पा शेर्पा युरोपको अग्लो एल्ब्रसको चुचुरोमा

पत्रकार फुर्पा शेर्पाले रसियामा अवस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)काे आरोहण गरेकी छन्। उनी रुसी समयअनुसार आइतबार बिहान ६ः१५ बजे माउन्ट एल्ब्रस हिमालको शिखरमा पुग्न सफल भएकी हुन्।

हाल बेसक्याम्पमा पुगेकी उनले खुसी व्यक्त गर्दै एल्ब्रस हिमालको कीर्तिमानी नेपाली माउन्टेन गाइड तथा आरोही चतुर तामाङको सहयोगमा चढ्न सफल भएको बताइन्।

नेपालको हिमाल र पर्यटनसम्बन्धी समाचार सम्प्रेषण गर्ने क्रममा हिमाल आरोहणप्रति चाख जागेको उनले बताइन्। 'हिमाल चढ्ने काम जोखिम रहेछ, गाईड चतुर तामाङ दाइको हौसलाले चढ्न सफल भएँ', उक्त हिमालकाे बेस क्याम्पबाट फुर्पाले बिएल नेपाली सेवासँग भनिन्, 'अझै पनि मलाई समिट गरेजस्तो लागेको छैन। सपनाजस्तै लागेको छ। मेरो आरोहण नेपाली पत्रकारहरु र महिलाहरुलाई समर्पित गर्न चहान्छु।'

शेर्पा कर्पोरेट नेपाल नामक अनलाइन मिडियामा पर्यटनसम्बन्धी समाचार लेख्दै आएकी छिन्।

प्रकाशित मिति: : 2023-08-20 20:45:00

प्रतिकृया दिनुहोस्