गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन बस्ने सुनिल शर्माको चेतावनी

नेपाली काँग्रेसका सांसद् सुनिल शर्माले गृहमन्त्रीले राजीनामा नदिए संसदमा आमरण अनसन बस्ने चेतावनी दिएका छन्।

आज (साेमबार)को प्रतिनिधिसमा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले आफ्नो पुरानै अडान कायम रहेको बताएका हुन्। सांसद शर्माले सुन प्रकरणलाई लिएर यसअघिको संसद बैठकमा गृह र अर्थमन्त्रीकाे राजीनामा मागेका थिए। सांसद् शर्माले प्रधानमन्त्रीलाई आतंकारी बन्दै आफ्नो अडान कायम रहेको जानकारी दिए।

‘हामीजस्ता सभासद्हरुलाई लगेर बिनापक्राउ पुर्जी एरेस्ट गरिन्छ भने जनताको अवस्था के होला’, सांसद् शर्माले भने, ‘त्यसकारणले मेरो माग के हो भने अहिलेको गृहमन्त्री जसले मलाई आतंकारी जस्तो बनाएर एरेस्ट गर्नुभयो। उहाँले बिनासर्त जारीनामा गर्नुपर्छ र त्यतिजेलसम्मको लागि म पुनश्च मेरो पुरानो अडानलाई दोहोर्‍याउन चाहन्छु, यदि गृहमन्त्रीले राजीनमा गर्नुहुन्न भने म आमरण अनसन डिक्लियर गरिदिन्छु।’

सांसद् शर्मालाई गत बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले आइएसीको सिर्टिफिकेट किर्ते गरेको आरोपमा पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2023-08-14 15:17:00

प्रतिकृया दिनुहोस्