ध्रुब बस्याल
लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले नयाँ बानेश्वरमा प्रदर्शन गरेकाे छ।
विभिन्न जिल्लाबाट न्याय माग्न काठमाडाैँ आएर माइतीघरमा धर्ना बसिरहेका लघुवित्त पीडितहरूले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।
संसद भवन घेराउ गर्न आएका प्रदर्शनकारीहरूलाई प्रहरीले अवराेध गरेकाे छ। केहीबेरअघि प्रहरीको ब्यारिगेट तोड्न खाेजेपछि प्रहरीसँग उनीहरूकाे घम्साघम्सी परेको थियाे। साेही क्रममा संघर्ष समितिका संयाेजकसहित १७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

अहिले भने पीडितहरू शान्तिपूर्ण रूपमा धर्नामा बसेका छन्। आफूहरुको माग सम्बोधन नभए आन्दाेलन थप चर्काउने उनीहरूले चेतावनी दिएका छन्।
पछिल्लो पटक देशभरबाट काठमाडौं आएका उनीहरूले लघुवित्तले लिएकाे बढी पैसा फिर्ता हुनुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेर प्रदर्शन गरिरहेका छन्।















‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया