एमालेले गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेपछि रास्वपा पनि छलफलमा जुट्यो

File Photo
File Photo

त्रिभुवन विमानस्थलबाट जाँच पास भएर बाहिरिएको बरामद भएको करिब सय किलो सुन प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि यसबारे छलफलमा जुटेको छ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एमालेले आजको संसद बैठक अवरोध गर्ने बताए पनि आफूहरुले यसबारे केहीबेरमा बस्ने संसदीय दलको बैठकपछि निर्णय गर्ने बताए।

‘अहिले हामीले संसद बैठक अवरोध गर्ने कि नगर्ने भन्नेबारे केही निर्णय गरेका छैनौँ’, परियारले भने, ‘त्यसकै लागि संसदीय दलको बैठक बस्नै लाग्यो, अब बैठकले जे भन्छ त्यही हुन्छ।’

प्रतिनिधिसभा बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ।

प्रकाशित मिति: : 2023-07-26 11:21:00

प्रतिकृया दिनुहोस्