सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्सको सटरमा शंकास्पद वस्तु राख्ने व्यक्ति घटनास्थलबाटै पक्राउ परेका छन्।
शंकास्पद वस्तु डिस्पोज भएलगत्तै प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई होटलमा लुकेको अवस्थामा पक्राउ गरिएको हो।
मने विश्वकर्माले सञ्चालन गरेको उक्त ज्वेलर्स अगाडि बुधबार बिहान कालो प्लास्टिकले बाँधेको शंकास्पद वस्तु फेला परेको थियो। त्यसपछि अनुसन्धान गरिरहेको प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।