ध्रुब बस्याल
सिनामंलस्थित खोटाङ हलेसी ज्वेलर्सअघि शंकास्पद वस्तु फेला पर्नुअघि ज्वेलर्सका सञ्चालकसँग पाँच लाख चन्दा मागेको पाइएको छ।
सिनामंल पुल नजिक रहेको उक्त ज्वेलर्सको सटरमा बुधबार बिहान शंकास्पद वस्तु फेला परेको थियो।
शंकास्पद वस्तु फेला परेपछि अनुसन्धान गरिरहेको प्रहरीकाअनुसार शंकास्पद वस्तु फेला पर्नुअघि अञ्जान व्यक्तिले ज्वेलर्स सञ्चालक मने विश्वकर्मासँग पाँच लाख चन्दा मागेका थिए।
‘उहाँ (विश्वकर्मा)लाई बिहान ९ पटक फोन गरेर अपरिचित व्यक्तिले पाँच लाख पैसा मागेको रहिछ। तर, उहाँले पैसा नदिएको अवस्थापछि यो घटना घटेको पाइयो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने।
सञ्चालक विश्वकर्मालाई एक वर्षअघि पनि यसैगरी चन्दा माग्दै धम्की आएको थियो।
नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरेको छ।
भिडियाे :
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया