ध्रुब बस्याल
सिनामंलस्थित खोटाङ हलेसी ज्वेलर्सअघि शंकास्पद वस्तु फेला पर्नुअघि ज्वेलर्सका सञ्चालकसँग पाँच लाख चन्दा मागेको पाइएको छ।
सिनामंल पुल नजिक रहेको उक्त ज्वेलर्सको सटरमा बुधबार बिहान शंकास्पद वस्तु फेला परेको थियो।
शंकास्पद वस्तु फेला परेपछि अनुसन्धान गरिरहेको प्रहरीकाअनुसार शंकास्पद वस्तु फेला पर्नुअघि अञ्जान व्यक्तिले ज्वेलर्स सञ्चालक मने विश्वकर्मासँग पाँच लाख चन्दा मागेका थिए।
‘उहाँ (विश्वकर्मा)लाई बिहान ९ पटक फोन गरेर अपरिचित व्यक्तिले पाँच लाख पैसा मागेको रहिछ। तर, उहाँले पैसा नदिएको अवस्थापछि यो घटना घटेको पाइयो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने।
सञ्चालक विश्वकर्मालाई एक वर्षअघि पनि यसैगरी चन्दा माग्दै धम्की आएको थियो।
नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरेको छ।
भिडियाे :
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया