एमाले नेता विजय यादव बैंकिङ कसुरमा पक्राउ

File photo
File photo

लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव पक्राउ परेका छन्।

एमालेका नेतासमेत रहेका यादव आइतबार साँझ करिब ५ बजे बाँकेको नेपालगञ्जबाट पक्राउ परेका हुन्। 

उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायाव उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिएका छन्। उनलाई पक्राउ गरी आइतबार नै रुपन्देही पठाइएको छ। 

रुपेन्दहीमा बैंकिङ कसुर गरेको मुद्धा परेपछि उनलाई पक्राउ गरेर रुपन्देही पठाइएको डिएसपी डाँगीले बिएल नेपाली सेवासँग बताएका छन्। यादव २०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँके–२ ‘क’ बाट जसपाबाट निर्वाचित भएका थिए। 

पछि उनी सरकारमा सहभागी हुँदा पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो।जसपाले कारबाही गरेपछि यादव गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए। 

उनी गएको प्रदेशसभा चुनावमा जसपाका भण्डारीलाल यादवसँग पराजित भए थिए।

प्रकाशित मिति: : 2023-07-17 09:17:00

प्रतिकृया दिनुहोस्