मङ्गलबार, २४ मार्च २०२६

कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश- दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्नू

News Image
• • •

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापा नेतृत्वकाे सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरेको छ।

यही असार २१ गते सभामुख बाबुराम गौतमसहितकाे समर्थनबाट नेपाली कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री नियुक्त भएका थिए। थापाकाे नियुक्ति संविधानविपरीत भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दिएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!