नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको माओवादीको कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको हाे।
मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढाउने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।
प्रदेश प्रमुखले सरकार गठन आह्वान गरेपछि गठबन्धनमा छलफल गरेर निर्णय गर्ने उनले बताए।
मुख्यमन्त्री कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। उनले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन्।