नेकपा एसले बजेटकाे पक्षमा मतदान गर्ने

नेकपा एकीकृत समाजवादी पार्टीले संघीय संसदमा प्रस्तुत बजेटमा मतदान गर्ने भएकाे छ।

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको दलको उपनेता राजेन्द्र पाण्डेले बताए।

बजेटकाे सम्बन्धमा एसमा पक्षमा मतदान गर्ने कि नगर्ने भन्ने विषयमा विवाद उत्पन्न भएकाे थियाे।

प्रतिनिधिसभकाे बैठक अहिले जारी छ। बैठकले बजेट पारित गर्ने कार्यसूची रहेकाे छ।

प्रकाशित मिति: : 2023-06-28 11:56:00

प्रतिकृया दिनुहोस्