टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त एमाले सांसद टोपबहादुर रायमाझीेका सांसद पद निलम्बनमा परेको छ। 

२१ दिनको लामो थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले रायमाझीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएसँगै उनको सांसद पद निलम्बन भएको हो। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासले भुटानी शरणार्थी प्रकरणमा २ जनलाई धरौटीसहित रिहा गरेर १६ जनलाई थुनामा पठाएको छ।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा थुनामा रहेको अवधिभरका लागि निलम्बनमा रहने व्यवस्था गरेको छ। 

सोही व्यवस्थाअनुसार रायमाझीको सांसद पद पनि निलम्बनमा परेको हो। तर उनी दोषि ठहर नभएसम्म उनको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने छैन।

प्रकाशित मिति: : 2023-06-16 19:34:00

प्रतिकृया दिनुहोस्